skip this hetauda tech

मेडिकलमा उपचार गर्न हिडेका निजगढको लालकी दुई जना महिला १५ दिनदेखि बेपत्ता (भिडियो)

1.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको निजगढ नगरपालिका–१० लालका स्थानीय दुई जना महिला विगत १५ दिनदेखि बेपत्ता भएका छन् ।
साउन २५ गते घरबाट उपचार गर्न निजगढ बजार हिडेका महिलाहरु साँझदेखि नै सम्पर्क विहीन भएका हुन् । स्थानीय सोनी बल र उनकी छिमेकी बितिमाया सम्पर्क विहीन भएका हुन् । उनीहरुले बोकेको मोवाईल सोही साँझबाट स्वीच अफ छ ।
बेपत्ता महिला सोनी बलकी श्रीमान सुरज बलले पत्नीको खोजीका लागि ईलाका प्रहरी कार्यालय निजगढमा निवेदन समेत दिएका छन् । उनले फरक नेपाल डटकमलाई सम्पर्क गरि हराईरहेकी श्रीमतीको खोजीका लागि सहयोगको याचना गरेका छन् । घटनाबारे फरक नेपाल डटकमले भिडियो तयार पारेको छ ।
हेर्नुस् भिडियो

nijgadh-supermart-adz1200-630