skip this farak Kura Pravakar

जबरजस्ती करणी गरेको अभियोग लागेका गाउँपालिका अध्यक्ष धरौटीमा छुटे

618 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : रुपन्देहीमा जबरजस्ती करणी उद्योग आरोपमा पक्राउ परेका एक गाउँपालिका अध्यक्ष आज धरौटीमा छुटेका छन् ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) लाई रुपन्देही जिल्ला अदालतले ५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो ।
आज दुवै पक्षको बहसपछि अदालतले धरौटी रकम मागेको बमोजिमको रकम बुझाएर रिहा भएको अदालतका श्रेस्तेदार शोभाकर खरेलले बताए । थुनछेक बहसपछि न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले मंगलबार शुक्ललाई धरौटीमा छाड्न आदेश गरेको थियो ।
शुक्लाको तर्फबाट कानुन व्यवसायी धर्मराज खड्का, साविर खान, प्रदीप कुमार यादव र सुनिल कुमार त्रिपाठीले बहस गरेका थिए ।​ सम्मरीमाईकी स्थानीय ३० वर्षीया महिलाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरीमा निवेदन दिएपछि शुक्ला साउन २८ गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
सरकारी वकिल कार्यालयले अदालतमा शुक्लाविरुद्ध जबरजस्ती करणी उद्योगमा अभियोग दायर गरेको थियो ।

nijgadh-supermart-adz1200-630