skip this

घाँस काट्न चितवन निकुञ्ज गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

1.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

चितवन । बाघको आक्रमणबाट चितवनकी एक महिलाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी भरतपुर-६ की ६० वर्षीया चिजा सार्की जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले भरतपुर-१३ को बेलसर क्षेत्रमा घाँस काट्न गएका तीन जनामध्ये सार्कीलाई मात्रै बाघले आक्रमण गरेको बताए ।
सँगै गएका भरतपुर-१३ कि सीता दराई र हेमराज सापकोटा सकुसल रहेको उनले बताए ।
बाघले आक्रमण गरेको खबर पाएलगत्तै प्रहरी र निकुञ्जको टोली हात्तीसहित पुग्दा सार्कीलाई बाघले खाइरहेको अवस्थामा भेटेको अधिकारीले बताए ।

nijgadh-supermart-adz1200-630