skip this farak Kura Pravakar

अभिनेता पल शाहविरुद्ध चितवनमा बलात्कारको अर्को मुद्धा

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित चितवन पुगेकी छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनमा अर्को किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरूसहित पुगेकी हुन् ।

प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा चितवनको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् ।

लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर, उनी फरार भएका थिए ।

आइतबार शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन् । उनी हाजिर भइसकेपछि चितवनमा जाहेरी दर्ता हुन लागेको हो ।

पल शाहविरुद्ध अभियोग पुष्टि भएमा १० देखि १२ वर्षसम्म जेय सजाय हुनेछ । https://faraknepal.com/14152

https://youtu.be/u8WAaW1iRNQ

nijgadh-supermart-adz1200-630