विराटनगरमा एक पुरुष मृत फेला
वि.सं.२०७८ भदौ २५ शुक्रवार १९:१६
1.28K
shares
विराटनगर : विराटनगर बसपार्क छेउमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार अन्दाजी ४५ वर्ष उमेरको देखिने ती पुरुष शुक्रबार दिउँसो बसपार्क छेउमा मृत अवस्थामा फेला परेका हुन् ।
मृतकको पहिचान खुल्न नसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रहरीले घट्ना बारे अनुसन्धान थालेको छ ।
वि.सं.२०७८ भदौ २५ शुक्रवार १९:१६