जसपाका सिंहले वीरगञ्जको मेयरमा जित्ने : एक्जिट पोल
वि.सं.२०७९ वैशाख ३० शुक्रवार २३:५९
1.85K
shares

काठमाडौं । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको मेयर पदमा सरकारमा सहभागी दलहरूको गठबन्धनले निर्वाचन जित्ने प्रक्षेपण गरिएको छ ।
फ्याक्ट नेपालले गरेको एक्जिट पोलले जनता समाजवादी पार्टीका राजेशमान सिंहले जित्ने प्रक्षेपण गरेको हो ।
सिंहले हालै नेकपा एमालेमा प्रवेश गरेका पूर्वमेयर विजय सरावगीलाई पराजित गर्ने देखिएको छ । सरावगी जसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।
त्यस्तै फ्याक्टले गरेको सर्वेमा उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले जित्ने प्रक्षेपण गरेको छ ।
वि.सं.२०७९ वैशाख ३० शुक्रवार २३:५९

















