skip this farak Kura Pravakar

रेड पाण्डाको छालासहित युवक पक्राउ

363 shares
oil-nigam-amlekhgunj-adv.jpeg

जाजरकोट : प्रतिबन्धित हाब्रे (रेड पाण्डा)को छालासहित बारेकोट गाउँपालिका–५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ ।
रेडपाण्डाको छाला बिक्री गर्न भनि नलगाड नगरपालिका-५ कालीमाटीस्थित होटलमा ल्याएको छ भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा उनी पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुकुमार थापाले बताए ।
परियारकाे साथबाट रेडपाण्डाको ४२ ईन्च लम्बाइ भएको ठूलो छाला एक थान र टाउको नभएको २२ इन्च लम्बाइ भएको सानो छाला एक थान बरामद गरेकाे डिएसपी थापाले बताए ।
पक्राउ परेका परियारलाई थप अनुसन्धान जारी रहेको बताएको छ ।

nijgadh-supermart-adz1200-630