skip this yams_Max_Hospital.jpeg

यी हुन् नेपाली कांग्रेस निजगढ नगर सभापतिका आकाक्षि

1.78K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

बारा (निजगढ) : नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसंगै क्रियाशिल सदस्यता विवाद चर्को रुपमा उठेको बाराको निजगढ नगरपालिकाका चर्चामा छ ।
निर्वाचित मेयरकै क्रियाशिल सदस्यता नविकरण नभएको र फर्जी क्रियाशिल भरिएको विषयलाई लिएर निजगढका कांग्रेसी नेता–कार्यकर्ता पार्टीको कन्द्रिय कार्यालय सानेपामा ४५ दिन लामो धर्ना बसे । क्रियाशिल सदस्यता पाउनुपर्ने भन्दै संस्थापन पक्ष समेत धर्नामा बसेको थियो ।
क्रियाशिल सदस्यता विवाद किनारा लाग्ने अवस्थामा पुग्दै गर्दा राष्ट्रिय चर्चा बटुलेको निजगढको भावि नेतृत्व कसले गर्ला भन्ने चासो देखिएको छ । कांग्रेसको संस्थापन पक्ष र पौडेल पक्षको निजगढमा प्रष्ट देखिन्छ । संस्थापन पक्षको नेता शभ्भु बहादुर बुढाथोकी र पौडेल पक्षको सुरेश कुमार खनाल–पेमाशिद्धि लामाले नेतृत्व गरिरहेका छन् । नगर सभापति महेशी कुमर संस्थापन पक्ष निकट छन् ।
यी हुन् आकाक्षि
नेपाली कांग्रेस निजगढको नेतृत्व गर्न अहिलेसम्म चार जनाको नाम चर्चामा छन् । सभापतिको चर्चामा महेशी कुमर, नवराज तिमल्सिना, ज्ञानबहादुर गोले र विष्णु खड्का छन् । संस्थापन पक्षबाट एक जना र पौडेल समुहबाट तीन जना छन् ।

महेशी कुमर
अहिलेका सभापति महेशी कुमर दोहोरिने दाउमा छन् । उनी संस्थापन पक्षका हुन् । लामो समय पौडेलमा समुहमा रहेका उनी दुई वर्षदेखि संस्थापन पक्षमा छन् । उनी पूर्व जनप्रतिनिधि समेत हुन् ।

नवराज तिमल्सिना
नगर उपसभापति नवराज तिमल्सिना आकाक्षि छन् । उनले सचिवालय नै खोलेर सभापतिको तयारी गरिरहेका छन् । विभिन्न सामाजिक संघसंस्थामा काम गरेका तिमल्सिना पौडेल समुहका हुन् ।

ज्ञानबहादुर गोले
निजगढ वडा नं. १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले अध्यक्षका आकाक्षिका रुपमा चर्चामा छन् । शिक्षण पेशा छाडेर वडा अध्यक्षको चुनावी मैदानमा उत्रिएका उनी निजगढ नगरपालिकाका प्रभावशाली जनप्रतिनिधिका रुपमा परिचित छन् । पौडेल समुह निकट उनी एक मात्र नगरपालिकाको केन्द्र बाहिरका आकाक्षि हुन् ।

विष्णु खड्का
विष्णु खड्का विद्यार्थी नेता हुन् । नेविसंघबाट राजनीति गरिरहेका उनी केहि समयदेखि भूगोलको राजनीतिमा समेत सक्रिय देखिन्छन् । उनको सभापतिको उम्मेदवारका रुपमा सामाजिक सञ्जालमा नाम चर्चामा छ । उनी कान्छो उमेरका आकाक्षि हुन् ।

nijgadh-supermart-adz1200-630