skip this yams_Max_Hospital.jpeg

पैदल यात्रा गरिरहेका आमा-छाेरालाइ ट्रकले ठक्कर दिदा दुवै जनाकाे मृत्युु

1.09K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ ।
   मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।
   उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना८ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठक्कर दिएको थियो ।
     सो दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । ‘घटनाको विस्तृत अनुसन्धान हुँदैछ’, प्रहरी निरीक्षक रिजालले भने । – रासस

nijgadh-supermart-adz1200-630