skip this farak Kura Pravakar

एमाले विधान महाधिवेशनको तयारी

852 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : नेकपा (एमाले) को विधान महाविधेशनको व्यवस्थापन पूरा गरिएको छ ।
    असोज १५ देखि १७ गतेसम्म गोदावरीमा हुने विधान महाविधेशनको व्यवस्थापनको तयारी पूरा गरिएको हो ।
    मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठ र केन्द्रीय सदस्य तथा महाधिवेशन प्रचारप्रसार समिति संयोजक खिमलाल भट्टराईले महाधिवेशनस्थल पुगेर तयारीबारे जानकारी लिएका छन् ।
    महाधिवेशनसभा स्थलको तयारी पूरा गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठले बताए । उनले महाधिवेशनमा सहभागी हुने करिब पाँच हजार जनालाई सभाहलमा अट्ने गरी व्यवस्थापन गरिएको बताए । ‘सभामा दुई हजार ८४० कुर्ची भए पनि दायाँबायाँका खाली कोठामा थप एक हजारका दरले कुर्ची राखेर हामी व्यवस्थापन गर्छौं ।
    त्यहाँ पनि नअट्ने माथि बार्दलीमा स्क्रिन राखेर भए पनि प्रतिनिधिलाई अटाउने व्यवस्था गर्दछौँ,’ उनले भने।

nijgadh-supermart-adz1200-630