skip this yams_Max_Hospital.jpeg

लोसपा प्रदेश २ को संसदीय दलको नेतामा सोनल चयन

1.5K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् ।
   जनकपुरधाममा सोमबार बसेको लोसपा संसदीय दलको बैठकले नेता चयन गरेको हो । बैठक सर्वसम्मत रुपमा सोनललाई दलको नेता चयन गरेको सांसद परमेश्वर साहले जानकारी दिए ।
   संसदीय दलको नेता चयन गर्न सोमबार बिहानैदेखि बैठक बसेको थियो । पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता शरदसिंह भण्डारीसहितको उपस्थितिमा बसेको बैठकले सोमबार राति अबेर संसदीय दलको नेता चयन गरेको हो ।
    यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) रहँदा पनि सोनल नै संसदीय दलको नेता थिए । उनी तत्कालीन राजपाबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री समेत बनेका थिए ।

nijgadh-supermart-adz1200-630