बारामा २० किलाे चरेशसहित तीन जना पक्राउ
वि.सं.२०७९ असोज २१ शुक्रवार १५:०३

बारा-बाराकाे पचराैता नगरपालिका ७ बेनाैलीबाट सशस्त्र प्रहरीले २० किलाे अवैध लागुओैषध चरेश बरामद् गरेकाे छ ।
सशस्त्र प्रहरी बल, नेपाल १२ नं. गण, हेडक्वाटर बारा मातहतकाे बाेर्डर आउटपाेष्ट बेनाैलीबाट खटिएको सशस्त्र प्रहरी टाेलीले शुक्रबार विहान बरामद् गरेकाे हाे ।
नेपालबाट भारततर्फ ना. १ ह ६२३४ नम्बरको अटाेमा लैजादै गरेकाे अवस्थामा चेकजाँचकाे क्रममा दुई वटा ग्यालिनमा राखिएको अवस्थामा चरेश बरामद् भएकाे सशस्त्र प्रहरी नायव उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए ।

सशस्त्र प्रहरी टाेलीले चरेशसहित अटो चालक महागढीमाई नगरपालिका १ बस्ने मुस्ताज देवान, वीरगन्ज महानगरपालिका २ छपकैयाका मुस्तफा देवान, वीरगन्ज महानगरपालिका १९ नगवाका मुकेश श्रीबास्तवलाई नियन्त्रणमा लिएकाे छ ।

पक्राउ परेका तीनैजनालाइ आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय सिम्राैनगढमा बुझाईएकाे नायव उपरीक्षक बज्राचार्यले जानकारी दिएका छन् ।
वि.सं.२०७९ असोज २१ शुक्रवार १५:०३


















