skip this

बारामा एमालेलाई क्षति ! नगर उपाध्यक्षसहित २९३ जना एकीकृत समाजवादीमा

1.67K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-एक पछि अर्को विद्रोहको आगो सल्केको नेकपा (एमाले) बारामा थप क्षति हुने गरि करिव तीन सय नेता, कार्यकर्ताले शनिबार नेकपा (एस) रोजेका छन् ।

नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका उपाध्यक्ष सहित २ सय ९३ जना नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । नगर कमिटीका उपाध्यक्ष विरेन्द्र गिरी सहित २ सय ९३ जना नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर अंसारी, कबिता देवी चौधरी, कृष्ण प्रसाद गुप्ता लगायत एमाले छोेडेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई एकीकृत समाजवादीका नेता तथा बारा–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठले स्वागत गरे । कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य दिनेश राईको उपस्थिति रहेको थियो ।

 

nijgadh-supermart-adz1200-630