त्रिशुलीमा बस खस्यो, २० जना घाइते
वि.सं.२०७९ कात्तिक १९ शनिवार २१:२८
1.85K
shares

काठमाडौं-धादिङको बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो ।
बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले बताए । घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ ।
वि.सं.२०७९ कात्तिक १९ शनिवार २१:२८

















