skip this farak Kura Pravakar

जीतपुरमा तालाबन्दी गर्ने वडा अध्यक्ष गुप्ता पक्राउ

3.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

बारा क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा तालाबन्दी गरेको आरोपमा प्रहरीले वडा अध्यक्ष गुप्तालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय सिमराबाट पुगेको प्रहरी टोलिले गुप्तालाई निर्वाचन कार्यालय परिषरबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले निर्वाचन बिरोधी गतिविधि गरेको आरोपमा गुप्तालाई पक्राउ गरिएको बताए । ‘वडा अध्यक्ष गुप्तालाई निर्वाचन कार्यालयको मुल गेटमा ताला लगाएको हुनाले पक्राउ गरेका हौ, उनले निर्वाचन बिरोधी गतिविधि गरेको प्रष्ट हुन्छ’ उनले भने ।

निर्वाचनको समयमा कार्यालयमा ताल्चा लगाउन नहुने भन्दै उहाले गुप्ताको बिषयमा निर्वाचन कार्यालयसंग समन्वय गर्ने बताए ।

भिडियाे 

https://www.facebook.com/faraknepaltv/videos/1607102079726525

nijgadh-supermart-adz1200-630