skip this farak Kura Pravakar

इटहरी उपमहानगरमा अबदेखि अनलाइनबाटै घर नक्सा पास गरिने

582 shares
oil-nigam-amlekhgunj-adv.jpeg

इटहरी । इटहरी उपमहानगरपालिकाले अबदेखि अनलाइनबाटै घरको नक्सा पास गर्नेे भएको छ । पेपरलेस उपमहानगरपालिकाको अवधारणा अनुसार अघि बढेको इटहरीले घर–नक्साको काम विद्युतीय नक्सा पास प्रणालीबाट गर्ने व्यवस्था मिलाएको हो ।

छिटो–छरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगरप्रमुख हेमकर्ण पौडेलले बताए ।

विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा सम्बन्धित व्यक्ति सेवा लिनको लागि लाइनमा बस्न र फाईल बोकेर दौडिरहन नपर्ने मेयर पौडेलको भनाइ छ । उनका अनुसार विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा कागजपत्रहरु सुरक्षित रहने तथा नगरलाई पनि तथ्यांक राख्न र जुनसुकै बेला खोज्न पनि सहज हुनेछ ।

समयको माग, भवनसंहिता पालना र नक्सा बनाउने प्रक्रिया पारदर्शी गराउँदै इटहरीलाई स्मार्ट सहरको रुपमा विकास गर्ने योजना अन्र्तगत अनलाइन नक्सा पास प्रणाली थालिएको नगर प्रमुख पौडेलको भनाइ छ । पहिलो पटक इटहरीबाट अनलाइनबाटै नक्सा पास गर्ने इटहरी १ का आशिष कार्कीलाई सम्मान समेत गरिएको छ ।

यो प्रणाली अनुसार घरनक्सा दर्तादेखि सम्पन्न प्रमाणपत्र दिनेसम्मका सम्पूर्ण काम अनलाइनबाट हुने इञ्जिनियर कैलाश तिम्सिनाको भनाइ छ । यसले सेवा प्रवाहमा हुने ढिलासुस्ती र बाहनाबाजीलाई निरुत्साहित गराउने उपमहानगरपालिकाको विश्वास छ ।

nijgadh-supermart-adz1200-630