आईपीएल क्रिकेट : चेन्नइलाई हराउँदै राजस्थान शीर्षस्थानमा
वि.सं.२०८० वैशाख १५ शुक्रवार ०७:४४
642
shares

काठमाडाैँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले चेन्नइ सुपर किंग्सलाई हराएको छ । जयपुरस्थित स्वामी मानसिंह स्टेडियममा सम्पन्न खेलमा राजस्थानले चेन्नइलाई ३२ रनले हराउँदै शीर्षस्थानमा उक्लिएको हो ।
टस जितेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको चेन्नइ ६ विकेट गुमाएर १७० रनमा समेटियो ।
जितसँगै ८ खेलबाट ५ जित निकालेको राजस्थान रोयल्स १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। समान १० अंक जोडेका गुजरात र चेन्नइ सुपर किंग्स तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् ।
वि.सं.२०८० वैशाख १५ शुक्रवार ०७:४४


















