skip this farak Kura Pravakar

बारामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

2.98K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा एक महिलाको मृत भेटिएकी छिन् भने एक बृद्धाको आगोले जलेर मृत्यु भएको छ ।

महिलाको शव फेला

जीतपुरसिमरा –६ घुसुकपुरस्थित चौरीमा पहिचान नखुलेको महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले महिलाको शव देखेपछि विहीबार बिहान प्रहरीलाई खबर गरेका थिए ।

अन्दाजी २५ वर्षीय उमेरकी ती महिलाको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

‘शव सड्न सुरू भइसकेको छ । ठूल्ठूला घाँस उम्रेको ठाउँमा शव फेला परेको छ । घटना शंकास्पद देखिन्छ, हत्याको आशंका छ,’ उनले भने ।

घटना अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली समेत खटिएको थियो । शवलाई प्रादेशिक अस्पताल कलैयामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेको भनाइ छ ।

जलेर मृत्यु

जीतपुरसिमरा–१८ उचिडीमा आगोले जलेर ८९ बर्षिय दुर्गा देवी दाहालको उपचारका क्रममा विहिबार विहान मृत्यु भएको छ ।

बृद्धा ७ कार्तिकमा विवजया दशमीका दिन विहान घरमै पूजा गर्ने क्रममा दियोको आगो अगाडीबाट सारीमा सल्कीएपछि जलेर गम्भीर घाईते भएकी थिईन् ।

परिवारका सदस्यले तत्काल उद्धार गरी वीरगञ्जस्थित नेशनल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लगेका थिए । तर त्यहाँ उपचार सम्भव नदेखिएपछि सोही दिन काठमाण्डौं लगिएको थियो ।

बृद्धाको विहीबार विहान साँढे ३ बजे किर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक दाहालको धार्मिक विधि अनुसार आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

बृद्धाको अनुहारसहित शरिरको ३५ प्रतिशत भाग जलेको पाईएको अस्पतालाई उद्धृत गर्दै वडा नं.१८ का अध्यक्ष चतुरबाबु वाग्लेले जानकारी दिए ।

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630