skip this bagdve 29 th

जीतपुरसिमरामा थपियाे दुई दिन विद्यालयमा जाडाे विदा

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकामा थप दुई दिन विद्यालयमा जाडाे विदा दिईएकाे छ ।

उपमहानगरपालिका कार्यालयकाे शिक्षा शाखाले सूचना निकालेर निर्देशन अनुसार अत्यधिक चिसोको कारण उपमहानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण संस्थागत तथा सामुदायिक विद्यालयहरुलाई माघ २ र ३ गते जाडो विदा दिइएको हाे ।

साेमबार शिक्षा शाखा अधिकृत हरिश भट्टले सूचना निकालेर दुई दिन विदा थप गरिएको जनाएका छन् ।

यसअघि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले सूचना प्रकाशित गरि पुस २४ देखि २६ गतेसम्म विदा दिईएकाे जानकारी गराएका थिए ।

nijgadh-supermart-adz1200-630