skip this

धाराप्रवाह स्टाटस् लेखेर टांगिया सरोकार समितिका अध्यक्ष सापकोटाले छाडे एमाले !

बजेट कम गरेको भन्दै वडा अध्यक्ष खरेलप्रति खनिए

5.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–राष्ट्रिय गौरबको आयोजना अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित क्षेत्र जीतपुरसिमरा–१६ टाँगियाबस्तीका अगुवा रमेश सापकोटाले नेकपा (एमाले) छाडेको घोषणा गरेका छन् ।

एमालेबाट २०७४ मा वडा अध्यक्षका प्रत्यासी रहेका सापकोटा टांगियाबस्ती सरोकार समितिका अध्यक्ष हुन् ।

बस्तीप्रति एमालेको हेर्ने दृष्टिकोणप्रति चित्त दुखाउँदै सापकोटाले सामाजिक सञ्जालमा तीन वटा स्टाट्स लेखेका छन् ।

उनले फेसबुकमा लेखेका छन्–आजको दिनदेखि म कुनै पार्टीमा नरही स्वतन्त्र रुपमा आम नागरिक सरह जीवनयापन गर्ने प्रतिवद्धता गर्न चाहान्छु । तर टागियांबस्तिको हित र व्यवस्थापनको लागि लडि रहने, पछि पर्ने छैन ।

हरिदेव खरेल, वडा अध्यक्ष

वडाको न्यून बजेटबारे समेत उनले टिप्पणी गरेका छन् । त्यहाँ एमालेका हरिदेव खरेल वडा अध्यक्ष छन् । बाचा भुलेर मन्दिर र गोलघरका लागि मात्र पाँच लाख बजेट छुट्याएको भन्दै आक्रोश पोखेका छन् ।

nijgadh-supermart-adz1200-630