skip this

निजगढ ३ नम्बर वडा कार्यालयद्धारा सिंगौलमा न्यानो कपडा वितरण

1.65K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले सिंगौलका स्थानीयलाई न्यानो कपडा वितरण गरिएको छ ।

जाडोसँगै सितलहर बढ्दै गएको समस्यालाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरेको वडा अध्यक्ष गोकुलप्रसाद तिम्मल्सिनाले बताए ।

वडाका जेष्ठ नागरिक, असहाय र अतिविपन्न घरपरिवारको एक सय ४० सदस्यलाई न्यानो कपडा वितरण गरेको छ ।

कार्यक्रममा कार्यपालिका सदस्य मानबहादुर डाँसेली, वडा सदस्य बुर्गानकुमारी थोकर, चनि बि.क., जितबहादुर लोप्चन, वडा सचिव हिरालाल राना, शान्ति टोल सुधार समितिका अध्यक्ष रितबहादुर वल तामाङ र पेमा लामा लगायत स्थानीय राजनीतिकर्मी, बुद्धिजीवि, समाजसेवी समेतको उपस्थित थियो ।

nijgadh-supermart-adz1200-630