नेपाल तामाङ विद्यार्थी घेदुङ बाराको सम्मेलन : हरी लामा अध्यक्ष चयन
वि.सं.२०७८ माघ २ आइतवार २२:१२

उमेश घलान
बारा (निजगढ) : नेपाल तामाङ विद्यार्थी घेदुङ बाराको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बाराको निजगढ–११ स्थित रतनपुरी गुठीमा आईतबार भएको सम्मेलनले अध्यक्षमा हरी लामाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
लामाको अध्यक्षतामा नव गठित २१ सदस्यिय समितिको उपाध्यक्षमा सम्झना लामा तामाङ्ग, सचिवमा दोर्जे रुम्बा तामाङ्ग, सह–सचिवमा उर्मिला मोक्तान तामङ्ग, कोषाध्यक्षमा बिशाल मोक्तान चयन भएका छन् ।

यसअघि नेपाल तामाङ विद्यार्थी घेदुङका संघीय सचिव जेन लामाले सम्मेलनको उद्घाटन गरेका थिए । कार्यक्रममा निजगढ नगरपालिका वडा नं. १३ का अध्यक्ष एवं नेपाल तामाङ घेदुङ, बारा अध्यक्ष सुर्य घलान, निजगढ नगरपालिका ११ का वडा अध्यक्ष प्रेमबहादुर रुम्बा लगायतको उपस्थिति रहेका थियो ।
कार्यक्रममा वडा अध्यक्ष घलानले तामाङ्गहरुको बहुल्यता भएपनि तामाङ्ग समुदाय हरेक क्षेत्रमा पिछाडीएको बताए । सरकारी कार्यालय, बैंकिङ्ग, शैक्षिक लगायत क्षेत्रमा तामाङ्ग समुदायको उपस्थिति नहुनु दुःखद् भएको बताए ।
राजनीतिक नेताहरुलेतमाङ्ग समुदायलाई सत्तामा पुग्ने भ¥याङ्ग बनाएको तितो अनुभुति सुनाए । ‘यो एकासौं शताब्दी पनि तामाङ्गहरुको सहभागीता न्युन र नाजुक अवस्था देख्दा आफुलाई पीडा हुन्छ,’ अध्यक्ष घलानले भने–‘तामाङ्गका छोराछोरीहरु पनि अब अग्रस्थानमा पुग्न जगरुक हुनपर्छ ।’
कार्यक्रमको सभाध्यक्ष र कार्यक्रम संचालक रमेश स्याङतानले गरेका थिए ।
वि.सं.२०७८ माघ २ आइतवार २२:१२

















