सेवाग्राही बनेर मधेस प्रदेशका मन्त्री भट्टराई पुगे साना तथा घरेलु उद्योग कार्यालय धनुषा, कर्मचारीको खुल्यो पोल
कर्मचारीलाई व्यवहार सुधारले काम गर्न निर्देशन

वि.सं.२०८१ वैशाख २० बिहीवार २१:१६

बारा–यो दृष्य हो, घरेलु तथा साना उद्योग कार्यालय धनुषाको । कार्यालयको वाणिज्य शाखा एक जना सेवाग्राही फर्म दर्ता गराउन लाईनमा छन्, उनको फाईल वाणिज्य शाखाका प्रमुख अधिकृत प्रमोद साहले हेरिरहेका छन् । सेवाग्राहीकै आँडैमा छन्, मुखमा मास्क्स लगाएका अर्का एक व्यक्ति । उनी फर्म दर्ता बारे जिज्ञासा राखिएका छन् । फर्म दर्ता लगाउन लाग्ने समय र पैसाबारे सोधखोज गरिरहेका छन् ।
त्यसपछि शाखा प्रमुख साहले प्रतिप्रश्न गर्दै के कामले आउनु भयो ? यो दृष्य मोवाईलबाट खिचिरहेको देखेपछि पत्रकार पो कि भन्ठानेर तपाई पत्रकार हो ? भनेर सोध्छन् । उनी फर्म दर्ता बारे बुझ्न आएको भन्दै त्यहाँबाट अर्को कोठामा पुग्छन् ।
यसैगरि उनी कार्यालयको दर्ता शाखा, लेखा शाखा र कार्यालय प्रमुख किशोरी शरण यादवको कार्यकक्षमा समेत पुग्छन् । केहि जिज्ञासा राखेपछि उनले मास्क्स खोल्छन् । त्यसपछि उनी सेवाग्राही नभई कार्यालयको छड्के गर्न पुगेका मधेस प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई समिर भएको खुल्छ ।
कार्यालय प्रमुख यादवले नचिन्ने कुरै भएन् । त्यसपछि पुनः मन्त्री भट्टराईले कार्यालयको सेवाप्रवाह, फाईलको व्यवस्थापनदेखि कर्मचारीको व्यवहार र गतिविधिबारे चासो राख्छन् । अनुगमनका क्रममा फर्मको फाईलको व्यवस्थापनमा कमजोरीदेखि कर्मचारीले हाजिर नै नगरेको फेला पर्छ ।
मन्त्री भट्टराईले कार्यालयको सेवाप्रवाहमा सुधार आउने गरि काम गर्न निर्देशन दिएका छन् । उनले सेवाग्राही काम नभएर फर्किनु नपरोस्, काम तिब्र गतिमा हुनुपर्नेमा मुख्य जोड दिएका छन् भने कर्मचारीलाई व्यवहार सुधारले काम गर्न निर्देशन दिएका छन् ।
करिब एक बजे कार्यालय प्रवेश गरेका मन्त्री भट्टराईले फर्म भरिरहेका सेवाग्राहीसँग कुरा गरेका थिए । पहिलो पटक कार्यालयमा आएका विभागिय मन्त्रीलाई खादा, मालाले स्वागत गर्ने योजना सुनाएपछि त्यसलाई रोकेर ४५ मिनेटमै मन्त्री भट्टराई कार्यालयबाट निस्किए । बिाहिरिदै गर्दा कम्प्यूटर इन्ट्रि शाखाको अनुगमन गरेका थिए ।
यातायात, मालपोत, साना तथा घरेलु जस्ता सरकारी अड्डाहरु भ्रष्टचारले गन्हाएको छ । यहाँ काम गराउन जाँदा नाक थुनेर हैन कि हातमा पैसाको मुठो बोकेर जानुपर्छ, कोठा–कोठामा दाम चढाएपछि बल्ल तपाईको काम हुन्छ । मुलुकमा जुन तन्त्र आएपनि यी कार्यालयका कर्मचारीलाई तह लगाउने कोहि छैनन् । तर, मन्त्री भट्टराईले साना तथा घरेलुबाट एक्सन सुरु गरेको संकेत गरेका छन् । नेकपा (माओवादी केन्द्र) का लोकप्रिय युवा नेताको छवि बनाएका भट्टराईले मन्त्रीका रुपमा कति सफल हुन्छन् भन्ने कुरा उनले सुरु गरेको एक्सनको निरन्तताले देखाउने छ ।

वि.सं.२०८१ वैशाख २० बिहीवार २१:१६