skip this

चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

रौतहट- रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानलले जित हासिल गरेको छ । बुधवार सार्वजनिक भएको मत परिणाम अनुसार नेविसंघले भारी मतान्तरले विजय हासिल गरेको हो ।

सभापति पदमा नेविसंघका मोहम्मद नौसाद आलमले १ हजार १ सय ७४ मत प्राप्त गर्दै स्पष्ट जित निकाले । उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका दामोदर उप्रेतीले २०३ मत, भने अखिल (क्रान्तिकारी) का अजय पटेलले १७० मत प्राप्त गरे ।

सचिव पदमा नेविसंघका शाहिल पुरी १ हजार १ सय २८ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी नेकपा समाजवादी पार्टी (एस) का शुभ श्रेष्ठले २३१ मत ल्याए, जसले अनेरास्ववियुसँग गठबन्धन गरी चुनाव लडेका थिए। अखिल (क्रान्तिकारी) की सुस्मिता घलानले १८७ मत पाइन् ।

कोषाध्यक्ष पदमा नेविसंघकै सम्झना कुमारी चौधरीले १ हजार १ सय ४८ मत प्राप्त गर्दै जित दर्ता गराइन्। निकटतम अनेरास्ववियुका अभिशेष चौधरीले २११ मत, भने अखिल (क्रान्तिकारी) की अनिषा चौधरीले १८१ मत पाइन् ।

सदस्य पदमा पनि नेविसंघले आफ्नो वर्चस्व कायम राख्दै विकास कुमार दास, आर्जु भट्टराई, रोहन श्रेष्ठ, पुष्पा कार्की, ऋतिक सिंह, रोजिना कुमारी काफ्ले, र सुशील कुमार प्रहरी विजयी भएका छन् । यस्तै समानुपातिकतर्फ सो क्याम्पसमा नेविसंघले ११२९, अनेरास्ववियुले २४१,समाजवादी विद्यार्थी युनियनले ९९ र अखिलले २०२ मत पाएको छ । निर्वाचन अधिकृत विनोद प्रसाद तिमल्सिनाका अनुसार २ हजार ९५४ मतदाता रहेकोमा १ हजार ६८७ मत खसेको थियो ।

यस पटकको निर्वाचनमा नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियन गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

 

nijgadh-supermart-adz1200-630