skip this farak Kura Pravakar

निजगढ–९ का मानसिक समस्या भएका पुरुष घरबाटै हराए, खाेजी कार्यमा सहयाेगकाे अपिल

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा — निजगढ नगरपालिका–९ हस्पिटल रोड बस्ने अन्दाजी ३४ वर्षका बुद्दी बहादुर गुरुङ आफ्नै घरबाट हराएका छन् ।

उनी २०८२ साल साउन २७ गते बिहान करिब १०:३० बजे घरबाट बाहिर निस्किएका थिए । गुरुङ भेष्ट र हाफ प्यान्ट लगाएको तथा हरियो कपडाको ब्याग बोकेको अवस्थामा अन्तिमपटक देखिएको परिवारले जनाएको छ।

मानसिक अवस्था कमजोर रहेकाले सुरक्षित फिर्तीका लागि खोजतलास जारी राखिएको छ । परिवारजनले खाेजीका लागि ईलाका प्रहरी कार्यालय निजगढमा निवेदन दिएका छन् ।

उनीबारे कुनै जानकारी वा देख्ने जो–कसैले परिवारकाे
मोबाइल ९८५५०१४९६६/९७६५३३२०१९ नम्बरमा सम्पर्क गर्न परिवारजनले आग्रह गरिएका छन् ।

nijgadh-supermart-adz1200-630