skip this farak Kura Pravakar

निजगढका १८ विद्यालयका मन्टेश्वरीमा सागर पुस्तक भण्डारको शैक्षिक सहयोग

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-सागर पुस्तक भण्डारका सञ्चालक शंकर थोकरले निजगढ नगरभित्रका १८ विद्यालयका मन्टेश्वरी तहमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन्।

बालबालिकाको सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने उद्देश्यले गरिएको उक्त सहयोग अन्तर्गत अक्षर, अंक, रंग चिनाउने कार्ड, चित्रसहितका किताब र सिकाइ खेलौनाहरू वितरण गरिएको थोकरले बताए।

“बालबालिकाले पढाइलाई रमाइलो र सजिलो रूपमा सिक्न सकून् भन्ने चाहना हो,” थोकरले भने, “शिक्षा क्षेत्रमा निजी क्षेत्रको सानो योगदानले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।”

सामग्री प्राप्त गरेका विद्यालयका शिक्षक र अभिभावकले यसलाई स्वागत गर्दै यस किसिमको सहयोगले बालबालिकामा सिक्ने उत्साह बढाउने र कक्षाकोठाको वातावरण अझ आकर्षक बन्ने बताएका छन्।

nijgadh-supermart-adz1200-630