एमाले जीतपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष ठकुरीले मागे प्रधानमन्त्री ओलीकाे राजिनामा
प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने धारणा
वि.सं.२०८२ भदौ २४ मंगलवार ०६:५९

बारा-नेकपा (एमाले) जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोेक विक्रम ठकुरीले हालै भएको भीषण हत्या काण्डप्रति आक्रोश व्यक्त गर्दै प्रधानमन्त्रीले नैतिकताको आधारमा पदत्याग गर्नुपर्ने धारणा राखेका छन्।
उनीले सामाजिक सञ्जालमार्फत आफ्नो विचार प्रकट गर्दै राजनीति देश र जनताको हितका लागि हुने सामाजिक कार्य भए पनि निर्दोष बालबालिकामाथि हुने हत्या सरकारको नेतृत्वमा बस्ने अधिकार गुमाउने जस्तो गम्भीर घटना भएको बताएका छन्।

ठकुरीले प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई सम्बोधन गर्दै, “जब तपाईँको नेतृत्वमा निर्दोष बालबालिकाको ज्यान जान्छ र पार्टी नै बदनाम हुन्छ, त्यस्तो अवस्थामा नयाँ जोश र जागर भएका दोस्रो–तेस्रो पुस्तालाई नेतृत्व दिनुपर्छ,” भनेका छन्।
उनले अब घमण्ड होइन विवेकका साथ नेतृत्व गर्नुपर्ने र जनताको पीडाप्रति संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्।
यसअघि युवा नेता ठकुरीले बालिकालाई ठक्कर दिएर नराेकि हिडेका काेशी प्रदेशका मन्त्रीकाे पनि पद् चेट्न पार्नुपर्छ भनेर टिप्पणी गरेका थिए ।
Gen-Z आन्दोलनका क्रममा १९ जनाकाे ज्यान गएपछि सरकारकाे आलोचना भएकाे छ भने पद् छाड्नुपर्ने प्रधानमन्त्रीलाई दबाब परेकाे छ । यहीँ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिईसकेका छन् ।
वि.सं.२०८२ भदौ २४ मंगलवार ०६:५९

















