skip this farak Kura Pravakar

कलैया उपमहानगरपालिकाले ट्युसन तथा कोचिङ्ग सेन्टरहरूलाई १५ दिनभित्र विवरण पेश गर्न निर्देशन

798 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–कलैया उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै ट्युसन तथा कोचिङ्ग कक्षालाई १५ दिनभित्र आवश्यक कागजातसहित विवरण पेश गर्न निर्देशन दिएको छ ।

उपमहानगरको शिक्षा, युवा तथा खेलकुद शाखाबाट जारी पत्र अनुसार “ट्युसन तथा कोचिङ्ग कक्षा सञ्चालन अनुमति कार्यविधि, २०८०” बमोजिम अनुमति पत्र प्राप्त गरी सञ्चालनमा रहेका संस्थाहरूले अभिलेख अद्यावधिक गर्नुपर्ने उल्लेख गरिएको छ ।

कलैया उपमहानगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राजिव कुमार यादवद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “निर्देशित समयसीमा भित्र विवरण नपेश गर्ने ट्युसन तथा कोचिङ्ग कक्षा सञ्चालन गर्ने संस्थामाथि प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गरिनेछ ।”

नगरपालिकाले सबै सञ्चालकहरूलाई आवश्यक कागजात संलग्न गरी शिक्षा, युवा तथा खेलकुद शाखामा विवरण बुझाउन अनुरोध गरेको छ ।

nijgadh-supermart-adz1200-630