skip this

विदेशमा रहेका कामदारका छोराछोरीका लागि छात्रवृत्तिको अवसर, आवेदन दिन जीतपुरसिमरा उपमहानगरपालिकाको आग्रह

852 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वैदेशिक रोजगार सन्तती छात्रवृत्ति सहायताका लागि निवेदन दिन सबै वडाहरूमार्फत सूचित गरेको छ ।

उपमहानगरपालिकाको रोजगार संयोजक नसिमुल गनी र प्रमुख प्रशासकीय अधिकृत शान्ती राज प्रसाईद्वारा हस्ताक्षरित पत्रमा वैदेशिक रोजगार बोर्डको सचिवालयले मिति २०८२।०७।०३ मा जारी गरेको सूचनालाई आधार मानी, सोही अनुसार छात्रवृत्तिका लागि आवश्यक कागजात तोकिएको म्यादभित्र रोजगार सेवा केन्द्रमा पेश गर्न अनुरोध गरिएको छ ।

पत्रमा २४ वटै वडा कार्यालयलाई वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका सन्तानलाई छात्रवृत्तिका अवसरबारे सूचना प्रवाह गर्न आग्रह गरिएको छ ।

यस छात्रवृत्ति कार्यक्रमले वैदेशिक रोजगारीमा रहेका अभिभावकका छोराछोरीलाई शिक्षामा सहयोग पु¥याउने उद्देश्य राखेको छ ।

nijgadh-supermart-adz1200-630