skip this

श्रीकृष्ण प्रणामी मन्दिर सडकटोलको ३३औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

531 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-निजगढ–६, प्रणामिनगरस्थित श्रीकृष्ण प्रणामी मन्दिरको ३३औं वार्षिकोत्सव विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।

वार्षिकोत्सव कार्यक्रममा गुरुजि श्री चेतनदास महाराज, श्रीकृष्ण प्रणामी मन्दिर सत्संग भवन पिलुवाका संरक्षक गुरुजि श्री नवीन कृष्ण शास्त्री महाराज तथा निजानन्दधाम नजरपुरबाट पण्डित श्री सुदर्शन प्रसाद सापकोटाको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमका अवसरमा १०८ पाठ पारायण आयोजना गरिएको थियो। उक्त पारायण सफल बनाउन सहयोग गर्ने भक्तजनहरूलाई सम्मान समेत गरिएको आयोजकले जनाएको छ।

धार्मिक वातावरणमा सम्पन्न कार्यक्रमले स्थानीय भक्तजनमा उत्साह थप्नुका साथै आध्यात्मिक चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको छ।

nijgadh-supermart-adz1200-630