skip this

मधेशमा एमाले–लोसपा गठबन्धन असफल : पाँच दलिय गठबन्धनका दुवै उम्मेदवार विजयी

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : राष्ट्रिय सभा चुनावमा सत्तारूढ पाँच दल मिलेपछि एक्लिएको नेकपा (एमाले) ले मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग तालमेल ग¥यो ।
बुधबार सकिएको निर्वाचनको मतपरिणाम अनुसार यो गठबन्धनले पराजय भोगेको छ ।

मधेश प्रदेशमा नेकपा एमाले र लोसपाका नेताहरु ।

पाँच दलिय गठबन्धन विजयी
मधेस प्रदेशमा पाँच दलिय गठबन्धन विजयी भएको छ । मधेश प्रदेशमा नेकपा (माओवादी माओवादी केन्द्र) का उम्मेदवार उर्मिला अर्याल र जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार मोहम्मद खालिद विजयी भएका छन् ।
राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् ।
मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदातामध्ये १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेको उनले बताए ।
उर्मिला अर्याल ६१५६ मतभारका साथ विजयी भएकी हुन् । त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका थिए ।
खालिदले एमाले उम्मेदवार उसमान अन्सारीलाई पराजित गरेका हुन् । सिराहाका खालिदले ६,६७८ मतभार ल्याएर विजयी भएका हुन् भने अन्सारीले २,७६६ मतभार प्राप्त गरे ।

nijgadh-supermart-adz1200-630