skip this

सुदूरपश्चिमका राज्यमन्त्री बोहरा पिएसओ आफ्नै घरमा मृत फेला

1.64K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्रीका एक पिएसओ मृत फेला परेका छन् ।

सुदूरपश्चिमका आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका ‘पर्सनल सेक्युरिटी अफिसर’ पिएसओ रमेशदत्त जोशी मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनी आफ्नै घरमा मृत भेटिएका थिए ।

घरमा एक्लै बस्दै आएका उनीलाई आज परिवारका सदस्य घर फर्किदा मृत फेला पारेका हुनउनी कोठामा हिटर बालेर ढोका बन्द गरेर सुतेको अवस्थामै मृत भेटिएको बताइएको छ ।

घटनाका बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी हवल्दार रहेका जोशीको दरबन्दी धनगढी गणमा रहेको थियो ।

nijgadh-supermart-adz1200-630