skip this

पर्सा राष्ट्रिय निकुञ्जबाट नेपाली सेनाद्वारा अवैध लागु औषधसहित विस्फोटक पदार्थ बरामद

1.77K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाले अवैध लागु औषधसहित विस्फोटक पदार्थ बरामद गरेको छ ।
श्री सिद्धिबक्स गणबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालित भएको एल.आर.पी. टोलीले लालभित्ति, शितलपुर खोला चुरे इलाकामा अवैध रूपमा प्रवेश गरेका ६/७ जना समूहका मानिसहरूलाई पक्राउ गर्ने क्रममा सो अवैध लागु औषधसहित विस्फोटक पदार्थ बरामद गरेको हो । ती मानिसहरू भने सामानहरू छाडी फरार भएको नेपाली सेनाले जानकारी दिएको छ ।
उनीहरूबाट बरामद सामानमा गाँजा- ६ बोरा (करिब २०० के.जी., भरुवा बन्दुकको गोली, बारुद – २०० ग्राम, बम पटका -१६ (सोह्र)वटा, गन्धक-१/२ के.जी., प्याकिङ डब्बा भएको सेफ सोली गोटा-१, लगायत छन् ।
बरामद गरिएका सामानहरू निकुञ्ज प्रशासनलाई बुझाएको सेनाले बताएको छ ।

nijgadh-supermart-adz1200-630