चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी चढेको गाडीमा आक्रमण
वि.सं.२०७८ माघ १३ बिहीवार १७:५२
990
shares

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको गाडीमा अज्ञात समूहले आक्रमण गरेको छ ।
आयोगका उपाध्यक्ष गिरी निवासबाट कार्यालयतर्फ जाँदै गर्दा आज बिहान ११ बजे त्रिभुवन विमानस्थलपछाडि काँडाघारी उकालोमा उनी चढेको ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरी भौतिक आक्रमणको प्रयाससमेत भएको हो ।
उनको गाडीमा ढुंगा प्रहार गरी भौतिक आक्रमणको प्रयास भएको र गाडीमा क्षति पुगेको भन्दै आयोगले विज्ञप्ति निकालेर गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले आक्रमणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
वि.सं.२०७८ माघ १३ बिहीवार १७:५२
















