skip this

बारामा मध्यरातमा आगलागी हुँदा ९ घर गोठ जलेर ध्वस्त

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराकाे बारागढी गाउपालिका- २ विसुनपुर्वामा मंगलवार राती अगालागी हुँदा ९ घर गोठ जलेर ध्वस्त छ ।
भिषण आगलागीमा घरहरु जलेर पुर्ण रुपमा ध्वस्त भएको हाे ।
आगलागी हुँदा प्रेमलाल चौधरी, जयप्रकाश चौधरी, लिलावती थरुनी, उर्मिला चौधरी, देवकान्त चौधरी, सुरेश दास, कन्चन दास, लक्ष्मण दास, शंकर प्रसाद जयसवालको घर गोठ जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
आगाे राती पौने १२ बजे प्रेमलाल चौधरीको घरबाट आगलागी सुरु भएकाे थियाे ।
अगलागीबाट घर भित्र राखिएको काठको फर्निचर, झ्याल, ढोका, दाउरा, खाने अन्नपाल, लत्ताकपडा लगायतका धनमाल गरी करीब ९ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी टोली र स्थानीय वासिन्दाको सहयोगमा आगाे
दुई घण्टापछि नियन्त्रणमा लिईएको थियो ।

nijgadh-supermart-adz1200-630