skip this farak Kura Pravakar

निजगढ सामुदायिक अस्पातलको लापरबाही : अनेरास्वीयू (क्रान्तिकारी) निजगढद्धारा कारबाहीको माग (विज्ञप्तीसहित)

1.26K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा (निजगढ) : बाराको निजगढ नगरपालिका वडा नं. ४ पुरानोटोल घर भई निजगढ ५ बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा एलिजा सुनारको उपचारमा निजगढ सामुदायिक अस्पतालमा चरम लापरबाही भएको घटनाप्रति अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन, निजगढ नगर कमिटीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
अनेरास्वीयू (क्रान्तिकारी) निजगढका अध्यक्ष सुमन खुलालले विज्ञप्ती जारी गर्दै निजगढ सामुदायिक अस्पतालमा चरम लापरबाही भएको घटनाप्रति अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन, निजगढ नगर कमिटीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
एलिजालाई बिच्छीले टोकर उपचारको क्रममा निजगढ ९ देउरालीपथस्थित समुदायमा आधारित प्रसुती गृहमा उपचारका क्रममा डा. सतिस निरौला नेतृत्वको टोलीले दुई बोत्तल स्यालन पानी चढाएपछि विरामीको अवस्था अझैं गम्भिर भएपछि वीरगञ्ज रिफर भएको अवस्थामा अहिले भेन्टिलेटरमा राखेर उपचार भईरहेको विज्ञप्तीमा उल्लेख छ ।


विज्ञप्तीमा भनिएको छ –‘विरामीको अवस्थाको बारेमा मिडिया तथा सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको अवस्थामा अस्पताल व्यवस्थापनले चासो नदिएको विषयलाई हाम्रो संगठनले गम्भिर रुपमा लिएको छ ।’
यो पनि पढ्नुस्
निजगढ सामुदायिक अस्पतालको चरम लापरबाही : बिछिले टोकेको विरामीलाई पानी चढाउँदा ज्यानै जोखिममा

सामान्यतया बिषालु जीवजन्तुले टोक्दा पानी समेत नखुवाई उपचार गर्ने विधि रहेको अवस्थामा विरामीको आफन्तले रोक्दा समेत अस्पतालको चरम लापरबाहीको कारण विरामीको अवस्था जटिल भएको नारायणी उपक्षेत्रिय अस्पतालका चिकित्सकले समेत विरामीको आफन्तलाई बताएको भन्दै अनेरास्वीयू (क्रान्तिकारी) निजगढले घटनाको निष्पक्ष छानविन गरि दोषीलाई कारबाही र छात्रा विरामीको उपचार खर्च व्यहोर्ने व्यवस्था मिलाउन समेत माग गरेको छ ।
हेर्नुस् प्रेस विज्ञप्ती :


यो पनि पढ्नुस्
अनेरास्वीयू (क्रान्तिकारी) निजगढको एतिहासिक सम्मेलन : सुमन खुलाल बने प्रथम अध्यक्ष, यस्तो छ नगर कमिटी

nijgadh-supermart-adz1200-630