करेन्ट लागेर बारामा एक युवककाे मृत्यु

501 shares

बारा : बाराकाे जीतपुरसिमरामा करेन्ट लागेर एक युवककाे मृत्यु भएकाे छ ।
  बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरस्थित लक्ष्मी टोलका ३४ वर्षीय सर्फुदीन अन्सारीको शरिरमा विद्युत् प्रवाह हुँदा उनको मृत्यु भएको हो ।
   करेन्ट लागेर गम्भीर घाइते भएका अन्सारीलाई उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।