मेला महोत्सव बन्द गर्न आदेश कार्यान्वयन गराउने बाराका सहायक सीडीओ आफै महोत्सवमा
वि.सं.२०७८ माघ १ शनिवार २०:१०

नविन चौधरी
बारा (कोल्हवी) : कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्लामा सञ्चालित मेला महोत्सव बन्द गर्न जिल्ला प्रशासन कार्यालय बाराले आदेश दिएको छ । बाराका सहायक सीडीओ शिवराज सेढाई आज आफैं कोल्हबीको माघि महोत्सव घुम्न पुगेका छन् ।
बारा जिल्ला प्रशासन कार्यालय बारामा (डिसिएमसी) ले गत २८ गते बैठकले निर्णय गरेको र २५ जना भन्दा बढी संख्यामा भेला नहुने आदेश दिएको छ ।
प्रशासनको आदेश

उनले कोल्हबीमा आयोजना गरेको माघि महोत्सवमा सहभागि भएर जिल्ला प्रशासनले निर्णय गरेको नियमलाई आफैले मिचेका छन् । डिसिएमसिको निर्णय समेतको आधारमा अर्को सुचना जारी नभए सम्म जिल्ला भरी कुनै पनि सेमिनार, गोष्ठि, महोत्सवमा २५ जना भन्दा बढिको संख्यामा सहभागी हुने कार्यक्रम नगर्न जारी गरेका आदेशलाई सहायक प्रमुख जिल्ला अधिकारी सेढाईले मिचेर महोत्सवमा उपस्थित भएको छ ।
कोल्हबी नगरपालिका वडा नम्बर १ मा थारु कल्याण कारिणी सभा जिल्ला कार्य समिति बाराले कारोनाको कहरमा माघि महोत्सवको नियम विपरित आयोजना गर्दा स्विकृती नदिने जिल्ला प्रशासन कार्यालय बाराले आज सो महोत्सवमा सहभागी भएकोले नेपाल सरकारकै नियमलाई लत्याईएको हो ।
बिश्व भरी कोभिड १९ कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन छिमेकी देश भारत लगायत नेपालमा पनि तिब्र गतिमा फैलिरहँदा बारामा भने महोत्सव नै आयोजना गरिएको छ ।
सार्वजनिक स्थलमा कुनै प्रकारका कार्यक्रम गर्दा अत्यावश्यक नियमित कार्यक्रमको हकमा जिल्ला प्रशासन कार्यालयको अनुमती लिएर मात्र गर्न सक्ने व्यबस्था भएको हुँदा माघि महोत्सवको लागि स्विकृती लिन आएको तर कार्यालयले कोभिडका कारण अनुमती नदिएको जिल्ला प्रमुख कृष्ण प्रसाद कटुवालले बताए ।
मेला महोत्सव बन्द गराउनु पर्नेमा आफै महोत्सव घुम्न पुगेपछि सहायक सीडीओ शिवराज सेढाईको आलोचना भएको छ । विद्यालय बन्द गर्न हतार गर्ने प्रशासन महोत्सव सञ्चालनमा लचक देखिएको स्थानीयको आरोप छ ।
वि.सं.२०७८ माघ १ शनिवार २०:१०

















