skip this farak Kura Pravakar
सञ्चालनका क्रममा देखिएका चुनौतीहरू
तराई क्षेत्रको आर्थिक विकास, व्यापार प्रवर्द्धन तथा पर्यटन विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने पूर्वाधार भएको उल्लेख गरिएको थियो

रेल सेवाको विस्तारबारे रेल विभागका महानिर्देशकसँग छलफल

छलफलमा रेल सेवा केवल यातायातको साधन मात्र नभई तराई क्षेत्रको आर्थिक विकास, व्यापार प्रवर्द्धन तथा पर्यटन विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने पूर्वाधार भएको उल्लेख गरिएको थियो

444 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–रेल विभागका महानिर्देशक हरि कुमार पोखरेलसँग भेटघाट गर्दै जनकपुर–जयनगर रेल सेवा तथा तराई क्षेत्रमा रेल विस्तारका विषयमा महत्वपूर्ण छलफल गरिएको छ।

भेटघाटका क्रममा हाल सञ्चालनमा रहेको जनकपुर–जयनगर रेल सेवाको कार्यप्रगति, सञ्चालनका क्रममा देखिएका चुनौतीहरू, प्राविधिक तथा व्यवस्थापनसम्बन्धी समस्याबारे विस्तृत जानकारी लिइएको बताइएको छ। साथै आगामी दिनमा रेल सेवालाई अझ प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउने योजनाबारे पनि छलफल भएको जनाइएको छ।

छलफलमा रेल सेवा केवल यातायातको साधन मात्र नभई तराई क्षेत्रको आर्थिक विकास, व्यापार प्रवर्द्धन तथा पर्यटन विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने पूर्वाधार भएको उल्लेख गरिएको थियो। त्यसैले जनताको अपेक्षाअनुसार रेल सेवा विस्तार गर्दै थप स्थानसम्म पुर्‍याउने विषयमा सकारात्मक पहल गर्ने विषयमा समेत सहमति भएको बताइएको छ।

सम्बन्धित पक्षहरूबीच भएको उक्त छलफलले आगामी दिनमा रेल सेवाको गुणस्तर सुधार तथा विस्तारका लागि थप योजना अघि बढ्ने अपेक्षा गरिएको छ।

nijgadh-supermart-adz1200-630