skip this farak Kura Pravakar

प्रदेश सभा निर्वाचनः सर्लाहि–२ `ख` मा लोसपाका यूवा नेताको उम्मेद्धारीको घोषणा

2.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ– मंसिर ४ मा हुने प्रदेश सभा निर्वाचनमा मधेस प्रदेशमा आकांक्षिले उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

सरकारले एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणा गरेको छ । चुनावको मिति नजिकिएसंगै आकांक्षिको दौडधुप सुरु भएको छ ।

मधेस प्रदेशको सर्लाहीमा राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका कौडेना गाउँपालिका वडा नं। ५ छपकहियाँका युवा नेता हुसैन खानले प्रदेश सभामा आकाक्षा राख्दै उम्मेदवारी घोषणा गरेका छन् ।

सर्लाही निर्वाचन क्षेत्र नं.२ `ख` बाट लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणासंगै खानको नाम चर्चामा रहेको छ । पार्टीले उम्मेदवार बनाउने विश्वासका साथ उनी यति बेला चुनावी रणनीति सहित काठमाडैमा पार्टी पार्टिका शिर्ष नेतासंग भेटवार्तामा जुटेका छन् ।

को हुन् खान ?

खान बिगत देखिनै उक्त दलमा सक्रिय रुपमा पार्टी गतिविधिमा सक्रिय छन् । उनी पार्टीको जिल्ला उपाध्यक्ष हुन् ।

हुसैन तराई मधेश प्रवासी संघ कतारका संस्थापक अध्यक्ष हुन् । एन।आर।एन कतारका केन्द्रिय महाधिबेसन प्रतिनिधि तथा सल्लाहकार समेत हुन् ।

उम्मेदवारी किन ?

यूवाहरु राजनीतिमा पछाडि पारिएकोले यूवाहरुको प्रतिनिधित्व गर्न आफुले उम्मेदवारी घोषणा गरेको खान बताउँछन् ।

जिल्लाकै पुरानो नगरपालिक मलंगवा उनकै क्षेत्रमा पर्छ । मलंगवाको समुचित बिकास हुन नसकेको बताउदै हुसैनले आफु यस क्षेत्रको समुचित बिकासको लागि अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630