skip this hetauda tech

पुरुषोत्तम पौडेल विरुद्ध अभियान चल्यो ! बारा १ मा एमालेबाट अच्युतको सम्भावना बलियो ?

अवसर पाएर पनि काम गर्न नसकेको टिप्पणी

4.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–मंसिर ४ को लागि घोषित प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनको मिति नजिकिएसंगै कुन क्षेत्रमा कसले टिकट ल्याउने र कसको सम्भावना कस्तो भन्ने विषयमा विश्लेषण हुन थालिसकेको छ ।

पार्टीबाट टिकट ल्याउने भन्ने एकिन नभएपनि पार्टीका तल्लो कमिटीबाट उम्मेदवार सिफारिस भएकाहरुले सामाजिक सञ्जालमा बधाई थापिरहेका छन् ।

उम्मेदवार सिफारिस भएकाहरु केन्द्रदेखि गाउँसम्म सक्रियता देखाउन थालेका छन् । टिकट हत्याउन केन्द्रीय नेतृत्व गुहार्नेदेखि कार्यकर्ता रिझाउन नेताहरुको दौडधुप चलिरहेको छ ।

बाराको ४ वटा निर्वाचन क्षेत्रमध्ये बारा क्षेत्र नं. १ बाहालवाला मन्त्री र पूर्वमन्त्रीको क्षेत्र भएका कारण चर्चा चुलिएको छ । गठबन्धन सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरी र एमालेका नेता एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलको क्षेत्र हो ।

एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका पौडेलसहित अर्का पोलिटब्यूरो सदस्य एवं तत्कालिन प्रधानमन्त्री केपी ओलीका जनसम्पर्क सल्लाहकार अच्चुत मैनाली र मन्जु साहको नाम सिफारिस भएको छ ।

एमालेबाट नाम सिफारिस भएपछि नेताका पक्ष र विपक्षमा प्रतिकृया आईरहेको छ । जसको केन्द्रमा नेता पौडेल परेका छन् । विभिन्न आरोपसहित उनी विरुद्ध सामाजिक सञ्जालमा अभियान नै चलेको छ ।

किन चल्यो अभियान ?

नेता पौडलले २०७० मा निर्वाचन जितेका थिए । सरकारमा युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने अवसर पनि पाए । पार्टीमा झलनाथ खनाल निकट भनेर चिनिएका उनले सोही कोटाबाट मन्त्री पद पाए । सदस्य सचिव विवादमा पर्दै आएका उनी ओलीका कटु आलोचकका रुपमा चिनिदै गए ।

नेकपा बनेपछि ओलीका कदमका विरुद्ध एकपछि अर्को आर्टिकल लेख्दै गएका नेता पौडेललाई त्यहिँ आर्टिकल अहिले घाँडो भएको छ । उनले ओलि विरुद्ध लेखेको आर्टिकल अहिले उनी विरुद्धको अभियानका लागि हतियार बनाएर सेयर भईरहेको छ ।

सामाजिक सञ्जालमा प्रयोग भएको तस्वीरसहितको स्कीनसर्ट ।

२०७४ को निर्वाचनमा समेत विभिन्न काण्डमा नाम जोडिएपछि टिकट हातबाट फुस्केको कारण अहिले ओलीको प्रिय पात्र बन्ने अभियानमा जुटेका छन् । उनी पार्टी विभाजन अघि अन्तिम समयमा मात्र एमालेमा खुलेका थिए । उनको नाम नेकपा समाजवादीको केन्द्रीय सदस्यमा सार्वजनिक भएको थियो ।

हेटौंडामा बसोबास सारेर बारामा राजनीति थलो मात्र बनाउन खोजेको भन्दै नेता पौडेलको आलोचना पनि हुने गरेको छ ।

फोटो नै क्रस गरेर सेयर

नेता पौडेल विरुद्ध चलेको अभियान अन्तर्गत सामाजिक सञ्जालमा उनको तस्बिरमा क्रस गरेर पोष्ट भईरहेका पाईएको छ । अवसर पाएर पनि काम गर्न नसकेको टिप्पणी गर्दै फेरी किन जिताउने भन्दै उनी विरुद्धको अभियान अघि बढेको छ ।

बारा १ मा एमालेबाट  निर्वाचनमा कसले टिकट पाउने टुङ्गो नभएपनि मुख्य दाबेदारका रुपमा पौडेल र मैनाली हुन् । पौडेलको आलोचना बढ्दा त्यसको प्रत्यक्ष लाभ मैनालीलाई पुग्ने देखिएको छ ।

आलोचना र विवादमा नपर्ने स्वभावका मैनाली २०७४ मा बाम गठबन्धनबाट उम्मेदवार भएपछि पार्टीभित्रैको असहयोगको कारण पराजित भएका थिए । पौडेल निकटका नेता, कार्यकर्ताले मैनालीलाई असहयोग गरेको चर्चा चलेको थियो । निर्वाचन हारेपनि उनलाई ओलीले बालुवाटार भित्र्याएका थिए । प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारका रुपमा काम गरेका मैनाली पुनः आगामी निर्वाचनको लागि तयारीमा जुटेका छन् ।

नेकपा विभाजनपछि तत्कालिन ओली समुह संस्थापन एवं प्रभावशाली भूमिकामा रहेकाले ओली पक्षमा सुरुदेखि नै खुलेका मैनालीलाई नै टिकट पाउन सहज रहेको विश्लेषण भईरहेको छ । विरोधीलाई भित्तामा पु¥याउने बालकोट प्रवृत्ति कायम रहे पौडेलले टिकट पाउन असम्भव छ भने बालकोटले मन्त्री चौधरीलाई टक्कर दिने नेता रोज्ने हो भने पौडेलाई टिकट दिनुपर्ने मत देखिएको छ ।

 

-*यसअघि भुलवस फिचर फोटोमा प्रयोग भएको तस्वीर सच्याईएको छ
–सम्पादक

nijgadh-supermart-adz1200-630