skip this

योगमार्फत नागरिकको स्वास्थ्य चुस्त राख्न सकिन्छ : वीरगञ्ज महानगर प्रमुख सिंह

वीरगञ्जमा आजदेखि एकहप्ते योग शिविर सुरु

1.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

वीरगञ्ज–वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले योगमार्फत नागरिकको स्वास्थ्य चुस्त राख्न सकिने बताएका छन् ।

पर्साको वीरगञ्जमा एकहप्ते योग शिविरको उद्घाटन गर्दै प्रमुख सिंहले अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै जो कोहीले योग साधनाबाट आफूलाई स्वस्थ राख्नसक्ने बताए । उनले नगरको विभिन्न स्थानमा महानगरले योग शिविर आयोजना गरेको बताए ।

उनले आम नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी आफूले काम गरिरहेको भन्दै उनले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्य जारी राख्ने बताए ।

वीरगञ्ज महानगरपालिका–११ स्थित श्रीपुर स्कुलमा वीरगञ्ज महानगरपालिकाले योग शिविर सञ्चालन गरेको हो ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा.सुबोध गुप्ताले शरीर स्वस्थ बनाउन योगको महत्वपूर्ण योगदान रहेको भन्दै यहाँ सिकेका कुरा आफ्नै घरमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित सुरु भएको शिविरमा ५० जनाभन्दा बढी महिला पुरुषको सहभागिता रहेको छ ।

यही मंसिर २८ गतेसम्म हरेक दिन बिहान साढे ६ बजेदेखि सञ्चालन हुने शिविरमा सहभागीलाई प्रतिमा सिंहले योग प्रशिक्षण दिने स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630