skip this

पाँच वर्षमा रतनपुर क्षेत्रको स्वरुप फेरिने गरि विकास गर्छु : रमेश दंगाल

4.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारा क्षेत्र नं. १ (क) का सत्ता गठबन्धनका उम्मेदवार रमेश दंगालले निजगढ नगरपालिकाको साविक रतनपुरीलाई दुर्गमका रुपमा नभई अवसरका रुपमा लिएर विकास गर्न सकिने बताएका छन् ।

निजगढ १३ डम्बरपुरमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता समेत रहेका दंगालले रतनपुर क्षेत्रलाई सम्भाव्यता अध्ययन गर्ने हो भने थुप्रै अवसरहरु सृजना हुने बताएका हुन् । ‘दुर्गमका रुपमा हेरिएको छ, मेरो नजरमा यो दुर्गम हैन, अवसरै अवसर भएको ठाउँ हो,’ नेता दंगालले भने–यहाँ पर्यटन विकास गर्न सकिन्छ, विशेष कृषि क्षेत्रका रुपमा विकास गर्न सकिन्छ ।

यहाँको बाटोलाई रतनपुरी र निजगढ जोडेर पर्यटकीय करिडोरसहित निर्माण गर्ने बताए । आगामी पाँचमा रतनपुर क्षेत्रको स्वरुप फेरिने गरि काम गर्ने नेता दंगालले उद्घोष गरे । उनले संघ, प्रदेश र स्थानीय सरकार मिलेर परिवर्तन देखिने गरि काम गर्नुपर्ने बताए । ‘हामी मिलेर काम गछौं,’ नेता दंगालले भने– यहाँ गर्दैन भन्ने परिपाटिको अन्त्य गर्नुपर्छ । हामीले नगरे कसले गर्छ ?

कार्यक्रममा निवर्तमान मेयर सुरेश खनाल, नेपाली कांग्रेस निजगढ नगर सभापति नवराज तिमल्सिना, नेकपा (माओवादी केन्द्र) निजगढका अध्यक्ष सन्तोष दंगाल लगायत सहभागि थिए ।

nijgadh-supermart-adz1200-630