skip this farak Kura Pravakar

एमसीसी पास गरेको भन्दै गठबन्धनबाट बाहिरियो जनमोर्चा

जनमोर्चाले सत्तारुढ गठबन्धनबाट बाहिरिने निर्णय

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ ।

एमसीसी सम्झौता सदनबाट अनुमोदन भएको भोलिपल्टै गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । गठबन्धनमा राष्ट्रिय जनमोर्चासहित पाँचवटा दल थिए ।

सोमबार बसेको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

‘राष्ट्रघाती एमसीसी अनुमोदन गरेपछि आज बसेको पार्टीको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो।

पछिल्लो समय गठबन्धन बैठकमा आफूहरुलाई सहभागी नगराएको गुनासो गर्दै आएको राष्ट्रिय जनमोर्चा अन्ततः गठबन्धनबाट बाहिरिएको हो ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले एमसीसीबारे व्याख्यात्मक घोषणपत्र जारी एमसीसी सम्झौता अनुमोदन गरेको थियो ।

nijgadh-supermart-adz1200-630