skip this farak Kura Pravakar

शान्ति सुरक्षामा सहजीकरणका लागि रत्ननगर नगरपालिकाद्वारा प्रहरीलाई ३ थान मोटरसाइकल हस्तान्तरण

1.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

चितवन-नगर भित्र शान्ति सुरक्षा कार्यलाई थप प्रभावकारी बनाउन रत्ननगर नगरपालिकाले इलाका प्रहरी कार्यालय टाँडीलाई ३ थान पल्सर १२५ सिसीका नयाँ मोटरसाइकल वितरण गरेको छ ।

बुधबार नगरपालिकाको कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा मेयर प्रलाद सापकोटाले मोटरसाइकलको साँचो इलाका प्रहरी कार्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मेयर सापकोटाले जनताको जीवन र सम्पत्तिको सुरक्षा पहिलो प्राथमिकता भएको बताउँदै प्रहरीको क्षमता र पहुँच बढाउन नगरपालिकाले यस्तो सहयोग गरेको स्पष्ट पारे ।

“सवारी साधनको अभावका कारण सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी निर्वाह गर्न कठिनाइ भोग्नुपर्छ भन्ने कुरा हामीलाई थाहा छ, त्यसैले आजको यो सहयोगले प्रहरी कार्य सहज हुनेछ भन्ने विश्वास छ,” मेयर सापकोटाले भने ।

मोटरसाइकल प्राप्त भएपछि इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षकले नगर क्षेत्रमा पेट्रोलिङ, अपराध नियन्त्रण तथा आपतकालीन घटनामा तत्काल प्रतिक्रिया जनाउन सहज हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गाेविन्द पुरीले बताए ।


यस पहलमार्फत नगरपालिकाले स्थानीय सरकार र सुरक्षा निकायबीचको सहकार्यलाई मजबुत बनाउँदै शान्ति सुरक्षाको वातावरणलाई थप सुदृढ गर्ने विश्वास लिइएको छ ।

nijgadh-supermart-adz1200-630