skip this yams_Max_Hospital.jpeg

शनिदेवको उपासना गर्दा भुलेर पनि गर्न नहुने यी ५ काम

636 shares
oil-nigam-amlekhgunj-adv.jpeg

शनिवार अर्थात शनिदेवको प्रिय दिन । शनिदेवलाई प्रसन्न गर्न शनिवार उपासना गरिन्छ ।
   शनिदेवलाई न्यायका देवताको रुपमा हिन्दू धर्मले मानेको छ । तसर्थ शनिको कृपा पाउन शनिवार सरस्युको तेल, कालो तिललगायतका कालो सामग्री चढाएर पुजा गरिन्छ ।
ज्योतिष शास्त्रका अनुसार कुण्डलीमा शनिदोष हुने व्यक्तिले शनिवार शनिदेवको पूजागर्नु पर्दछ । साथै केहि बर्जित कार्यहरु गर्नु हुदैन ।
१. शनिवारका दिन शनिको उपासना गर्ने ब्यक्तिले मांसाहार भोजन गर्न बर्जित छ । मासु, माछा जस्ता मांसहारी भोजन गर्दा शनिको नकारात्मक प्रभाव पर्ने मान्यता छ ।
२. शनिको उपासना गर्ने कर्ताले मदिरा, धुम्रपानलगायतका नशालु पर्दाथको सेवन गर्नु हुदैन । शनिक्रुर ग्रह भएकाले यस प्रकारको भोजन गर्दा ब्यक्तिमा नकारात्मक असर पर्दछ ।
३. उपासकले शनिवार मुसुरोको दालको पनि सेवन गर्नु हुदैन । मुसुरो रातो रंगको हुने र रातो रंग मंगल ग्रहको प्रतिक भएकाले शनिसंग टकराव पर्न जाने मान्यता छ ।
४. पुजाकर्ताले शनिवार दूध पनि सेवन गर्नु हुदैन । शनि र शुक्र एक अर्काका विरोधी हुन् । दूधको सेतो रंग हुने र यो शुक्रको प्रतिकहो । जसका कारण शनिवार दूधको सेवनले मानिसमा काम इच्छा जागृत हुन्छ ।
५. शनिवार अचार वा अमिलो चिज पनि खानवर्जित गरिएको छ । अमिलो चिज खाँदा यसदिन पेटमा समस्या देखिन सक्छ ।

nijgadh-supermart-adz1200-630