skip this farak Kura Pravakar

निजगढ नगरपालिका १२ मा रामथलीको चुरेको फेदीमा भुटनदेवी खयरखोला थानिमाई मेला हुने

2.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका वडा नं. १२ मा भुटनदेवी खयरखोला थानिमाई मेला हुने भएको छ ।

विगत ५ दशकदेखि निजगढ नगरपालिका वडा नम्वर १२ स्थित रामथलीको चुरेको फेदीमा संचालन हुदै आएको मेला यो वर्ष पनि निरन्तरता दिन लागिएको हो ।

यो वर्ष पौष १२ र १३ गते हुन लागेको मेला व्यवस्थापन समितिका संयोजक दिनेश लामाले जानकारी दिए ।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीका साथै स्थानीय खाना र स्थानीय उत्पादनको विक्रि कक्ष समेत राखिने जनाईएको छ ।

कार्यक्रममा दोहोरी गायक बद्री राउत र प्रमिला आलेले दोहोरी ब्याटल प्रस्तुत गर्नेछन् भने चर्चित गायक प्रतिक ब्लोनका साथै स्थानीय कलाकारहरुले प्रस्तुती दिने कलाकार व्यवस्थापक पवन विकले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630