skip this yams_Max_Hospital.jpeg

तेस्रो वाक्यश्वर मेला २४ देखि २८ मंसिरसम्म हुने, दोहोरी ब्याटलदेखि धिरज राईसम्म आकर्षण

१०८ शिवलिङ्गको दर्शन नयाँ आकर्षण

1.89K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– निजगढ ९ नदीकट्टामा तेस्रो वाक्यश्वर मेला २४ देखि २८ मंसिरसम्म हुने भएको छ ।

बाला चर्तुदर्शि पर्वको अवसरमा वाक्यश्वर महादेव मेला समितिको आयोजनामा हुने मेलामा सांस्कृतिक कार्यक्रम मुख्य आकर्षण रहने छ ।

बाला चर्तुदर्शि पर्वको अवसरमा विगत दुई वर्षदेखि हुँदै आएको मेला यो तेस्रो पटक हुन लागेको मेला समितिका अध्यक्ष नबराज मैनालीले जानकारी दिए । उनका अनुसार मेला २४ सै घण्टा संचालन हुने छ ।

दोहोरी ब्याटलदेखि धिरज राईसम्म आकर्षण

मेलामा यो वर्षपनि लोकप्रिय राष्ट्रिय तथा स्थानीय कलाकारहरुको रमाईलो प्रस्तुती हुने भएको छ ।

राष्ट्रिय कलाकार धिरज राई, आर के खत्री, महेश काफ्ले, बिन्दु परियार लगायतले गायन प्रस्तुती दिनेछन् भने कोहिनुर डान्स ग्रुपको भोजपुरी र बेली नृत्य प्रस्तुत गर्नेछन् ।

त्यसैगरि लोक गायिका प्रमिला आले र अजित लोप्चनले दोहोरी ब्याटल प्रस्तुत हुनेछ । मेलाको फरक नेपाल डट कम लगायत मिडिया पार्टनर रहेको छ ।

१०८ शिवलिङ्गको दर्शन नयाँ आकर्षण

मन्दिरमा स्थापना गरिएको १०८ शिवलिङ्ग यहाँको अर्को आकर्षक पक्ष हो । हालै बेलायत बस्दै आएका दिपेन्द्र श्रेष्ठले स्थापना गरिएको हो ।

वाक्केश्वर महादेव मन्दिरको प्राङगणमा तेजेश्वर महादेवसँगै स्थापना गरिएको स्थापना गरिएको शिवलिङ्ग श्रेष्ठले आमाको स्मृतिमा निर्माण गराएका हुन् ।

शिवलिङ्ग स्थापनाले मधेस प्रदेशमै निजगढबासीलाई यस तीर्थस्थलले थप परिचय दिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजन श्रेष्ठले विश्वास व्यक्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630