skip this

राष्ट्रपतिले रिगललाई दिएकाे आममाफी सर्वाेच्चले उत्टायाे ! तत्काल पक्राउ गर्न परमादेश

1.27K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ।
बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो।

न्यायाधीश खतिवडाले इजलासमा आदेश सुनाउँदै भने, ‘संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको योगराज ढकाल रिगलको बाँकी कैद मिनाहा संविधान र कानुन विपरीत देखिएकोले बदर हुने। सरकारको निर्णय संविधान र कानुनका व्यवस्था र अदालतले दिएका फैसलाहरू अनुकूल देखिएन। बाँकी कैद मिनाहा गर्दा वस्तुगत कारण खुलाएरमात्रै गर्नुपर्ने देखियो।’ यस्तै इजलासले सञ्चारमाध्यमहरूको पनि ध्यानाकर्षण गर्न भनेको छ।

‘अदालतमा विचाराधिन अवस्थामा रहेको यो मुद्दामा अपुष्ट र भ्रमपूर्ण समाचारहरू लेखेको हुँदा विचार पुर्‍याउन ध्यानाकर्षण गराउन भन्नू,’ न्यायाधिश खतिवडाले इजलासमा भनेका थिए।

रिगलको बाँकी कैद पनि भुक्तान गर्न पठाउन आदेश दिएपछि उक्त आदेश सुनेर चेतन मानन्धरकी श्रीमती भारती इजलासमै चिच्याएर रोएकी थिइन्।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उक्त रिटलाई सर्वोच्चले प्राथमिकताका साथ हेरेको थियो। बुधबार सुनुवाइ सकेर बिहीबारका लागि निर्णय सुनाउने समय तोकेको थियो।
२०७२ असार २८ गते नेपालगञ्जमा रिगलले चेतन मानन्धरको हत्या गरेका थिए।

nijgadh-supermart-adz1200-630