skip this

४३ दिन जेल बाहिर बिताएर पक्राउ परे रिगल ! अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने

नेपालगन्जबाट रिगल पक्राउ

1.75K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थियो ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सरकारको उक्त सिफारिससँगै ४ असाेजमा ढकाल कारागारमुक्त भएका थिए ।

४३ दिन जेल बाहिर बिताएका रिगलले सर्वोच्चको फैसलापछि उनी अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको छ ।

nijgadh-supermart-adz1200-630